देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीसहित पहाडी भूभागका केही र बाँकी प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

राति कोशीसहित देशका पहाडी भूभागमा साधारणतया तथा बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।