ब्लु डायमन्ड सोसाइटीकी पिंकी गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले तिज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन्।
काठमाडौँ– लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले काठमाडाैँमा तिज पर्व मनाएका छन्।
मंगलबार ब्लु डायमन्ड सोसाइटीले समलिंगी, तेस्रो लिंगी र अन्तरलिंगीहरूको लागि भनेर 'रेन्बो तिज' कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा उपस्थित लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले नाचगानलगायत विभिन्न गतिविधि गर्दै तिज मनाएका हुन्।

सोही कार्यक्रममा ब्लु डायमन्ड सोसाइटीकी सल्लाहकार पिंकी गुरुङले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले तिज मनाउँदा समाजले बहिस्कार गर्ने गरेको बताइन्।


"हामी हरेक वर्ष तिज मनाउँछौ। आफू बालक भएर जन्मिए पनि आत्मा महिलाको भयो। बाल्यकालमा हामीलाई पनि तिज मनाउन मन पर्थ्यो, मनाउन खोज्दा समाजबाट बहिस्कार गरिन्थ्यो," उनले भनिन्।

उनका अनुसार घरपरिवारको समर्थन नपाएकाहरूको लागि ब्लु डायमन्ड सोसाइटीले विभिन्न चाड मनाउने गरेको छ। उनले लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले पनि सांस्कृतिक अधिकार पाउनुपर्ने कुरामा जोड दिइन्।

उनले भनिन्, "तेस्रो लिंगीहरू जसले आफूलाई महिलाको अनुभूत गर्छन् यो पर्व हाम्रो पनि हो भनेर स्वीकार गर्छन्। समाजले सहजै रूपमा यो पर्व हामीलाई पनि मनाउन दिनुपर्छ।"



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
