पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।

राति पनि पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।