कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर साधारणतया बदली रहनेछ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। साथै, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।

कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भूभागका धेरै तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान मध्यम वर्षाको सम्भावना रहेको छ। 

कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा हावाहुरीको पनि सम्भावना रहेको छ।

राति, देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिमका केही तथा देशका बाँकी पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भारी वर्षाको सम्भावना छ।