कोशी प्रदेशअन्तर्गत पहाडी जिल्लामा डेंगी संक्रमित न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
झापा– कोशी प्रदेशका १४ जिल्लामै डेंगीको संक्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ।
निर्देशनालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेंगी संक्रमित रहेका छन् भने तीन जनाको मृत्यु भएको छ। पहाडी जिल्लामा डेंगी संक्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालको तथ्यांकले देखाएको छ।
हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुटा १४३, ओखलढुंगा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेंगीको संक्रमण देखिएको उनले जानकारी दिइन्।
उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेंगीको संक्रमण ३० गुणाले बढेको पाइएको बताइन्। उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन्।
निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेंगीको संक्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन्। “डेङ्गु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो”, उनले भनिन्, “घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ।”
असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेंगीको लक्षण रहेको उनको भनाइ छ। उनले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेंगी संक्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
