यो साता उकालोमा इजरायलमा सधैँ युद्धको जोखिम, फर्कन चाहँदैनन् नेपाली, विकल–सुनील जुगलबन्दी, कब्जामा टीकापुर क्याम्पसको ३०० बिघा सरकारी जग्गा: २० वर्षमा पनि किन सरेनन् मुक्तकमैया?सहितका खबर चर्चामा रहे।
यो साता उकालोमा संसारकै दुर्लभ इम्युन रोग (इम्युन एक्टिनोप्याथी) एआरपीसी वान बी डिफिसीएन्सीको मुख्य वंशाणुगत त्रुटि नेपालीहरूको पुर्खामा रहेको पत्ता लागेको समाचार चर्चामा रह्यो। विश्वका अन्य देशका ३६ जनामा देखिएको वंशाणुगत त्रुटिसम्बन्धी रोग नेपालका मात्र थप १४ जनामा देखिएको छ। अध्ययनका अनुसार यो रोग एउटै देशमा यति धेरै संख्यामा पत्ता लागेको पहिलोपटक हो।
इम्युनोलोजिस्ट डा. धर्मागत भट्टराई नेतृत्वको समूहले गरेको अनुसन्धानले यो रोग नेपालीबाट शुरू भएको पत्ता लगाएको हो।
प्रतिष्ठित जर्नल ‘क्लिनिकल रिभ्यु इन एलर्जी एन्ड इम्युनोलोजी’मा २०२५ जुलाई १६ मा प्रकाशित लेखअनुसार एआरपीसी वान बी डिफिसीएन्सी रोगको आनुवंशिक उद्गम बिन्दु भेटिनु महत्त्वपूर्ण उपलब्धि हो। विश्वका अन्य मुलुकमा ३६ जनामा मात्रै देखिएको यो रोग नेपालका थप १४ जनामा देखिएको छ। १४ बिरामीमध्ये चार जनाको मृत्यु भइसकेको छ।
हालसम्म एउटै देशमा यति धेरै सङ्ख्यामा पत्ता लागेको पहिलोपटक हो। यसअघि सबैभन्दा धेरै मेक्सिकोमा ६ जनामा यो रोग देखिएको थियो।
हाल संसारभर एआरपीसी वान बी डिफिसीएन्सीका बिरामी ५० जना पुगेका छन्। यो इम्युन कमीको दुर्लभ रोग हो। जसमा संक्रमण, एलर्जी, स्वप्रतिरक्षित समस्या (रोगसँग लड्ने क्षमता) एवम् स्वसुजनका (शरीरका भित्री अंगहरूमा संक्रमण) जस्ता गम्भीर लक्षण देखिन्छन्। यी लक्षण बल्झिरहन्छन्। यसबारे थप बुझ्न पढ्नुहोस् सागर बुढाथोकीको रिपोर्ट : संसारमा ५० जनामा मात्रै देखिएको दुर्लभ रोगको उद्गम बिन्दु नेपाल
सभामुखको मनमौजी
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मनमौजी ढंगले संसद्मा सांसदहरुलाई बोल्न दिइरहेका छन्। लामो समयदेखि उनले यस्तो अभ्यास दोहोर्याइरहेका छन्। बैठक शुरू भएपछि लगालग केही सांसदलाई बोल्न दिने, अनि मात्र नियमावलीमा तोकिएको समयानुसार सभा अघि बढाउने गरिरहेका छन्।
प्रतिनिधिसभा नियमावलीले आकस्मिक, शून्य र विशेष समयको व्यवस्था गरेको छ। नियमावलीअनुसार सांसदले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्न सभामुखले शून्य र विशेष समय तोक्न सक्छन्।
आकस्मिक समयचाहिँ अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकबीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भका लागि हो। त्यस्तो घटनामा सरकारको ध्यानाकर्षण गराउन सांसदले ढ्यापढ्याप गरी समय माग गरे सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्छन्।
सभामुख घिमिरेले भने कुनै मुद्दा विशेषमा विरोधमा उत्रिएका सांसदलाई नियमावलीले नै नचिनेको समय दिने गरेका छन्। यसअघि पनि मुद्दा वा घटना विशेषमा विरोध जनाउने सांसदलाई बोल्ने समय दिने गरेका थिए। तर यस्तो समय विरोधको बेला मात्र दिन्थे।
अहिले भने सभामुख घिमिरेले विरोधमा रहेका दलका सांसदलाई मात्र होइन, अरू सांसदलाई पनि नियमावलीमै नभएको समय आफैले सिर्जना गरेर बोल्न दिइरहेका छन्। विपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिषा प्रकरणमा विरोध जनाउन थालेपछि घिमिरेले संसद् चलाउने यस्तो ‘जुक्ती’ निकालेका हुन्। पढ्नुहोस् किरण दहालको रिपोर्ट : सभामुखको मनमौजीः सांसदलाई दिइएको समय चिन्दैन नियमावलीले
साताका प्रमुख हेडलाइन:
देश-समाज
संवैधानिक–राजनीतिक नियुक्तिमा जताततै उच्चपदस्थ पूर्वकर्मचारी
निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’को व्यवस्थाले किन यति धेरै तरंग ल्याइरहेको छ? संवैधानिक तथा अन्य राजनीतिक नियुक्तिमा जताततै देखिने पूर्वकर्मचारीको बोलवालाले त्यसको उत्तर दिन्छ।
विकल–सुनील जुगलबन्दीः रजगजदेखि जेलसम्म
इन्जिनियरिङमा ‘गोल्ड मेडलिस्ट’ सुनीलले अर्का पौडेल थरकै इन्जिनियर विकललाई गाइड बनाए। फिलहाल सुनील गुरुतुल्य विकलसहित २७ महिनादेखि खोरमा छन्, उनीहरूविरुद्ध मुद्दा उपर मुद्दा र दण्डित हुने दौर जारी छ।
गुठीको साढे पाँच बिघा जग्गा हडप्न नक्कली लालपुर्जा
पर्सामा रहेको श्री काशी श्यामराज राजेश्वरी गुठीको पाँच बिघा आठ कठ्ठा जग्गाको नक्कली लालपुर्जा भेटिएको छ। उक्त लालपुर्जा पर्सागढी नगरपालिका–४ का शेख मन्जारुल मियाँको नाममा छ।
पानीको हाहाकारले तिर्खाएको वीरगन्ज, के छ समाधान?
चापाकल छन्, पानी आउँदैन। महानगरले ट्यांकरबाट बाँड्छ, छिनाझपटी हुन्छ। डिप बोरिङबाट निकालिएको पानी पहुँचवालाले मात्र पाएको स्थानीय गुनासो गर्छन्। पानीको हाहाकार भइरहेको वीरगन्जमा के छ समाधान?
कब्जामा टीकापुर क्याम्पसको ३०० बिघा सरकारी जग्गा: २० वर्षमा पनि किन सरेनन् मुक्तकमैया?
टीकापुर बहुमुखी क्याम्पसको सरकारी जग्गा कब्जा गरेका बस्तीमध्ये एउटा हो ३०० परिवार मुक्तकमैयाको शिवनगर बस्ती। उनीहरूलाई अन्यत्र व्यवस्थापन गर्न र क्याम्पसको जग्गा खालि गर्न सरकार नै इच्छुक देखिँदैन।
इजरायलमा सधैँ युद्धको जोखिम, तर फर्कन चाहँदैनन् नेपाली
इजरायल–इरानबीचको युद्ध रोकिए पनि पूर्णरूपमा जोखिम टरेको छैन। छिमेकी देशसँग इजरायलको शत्रुतापूर्ण सम्बन्ध भएकाले युद्ध कहिले भड्कन्छ थाहा हुन्न। तर त्यहाँका नेपाली युद्धकै अवस्थामा पनि फर्कन चाहँदैनन्।
विचार-टिप्पणी
एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्रीको उकुसमुकुस
भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउँदा रामकुमारी झाँक्रीलाई चेतावनीयुक्त स्पष्टीकरण सोधेको एकीकृत समाजवादी कारबाहीको निर्णय गर्न भने हच्किइरहेको छ, किन?
विश्वव्यापी मानवीय संकट: सार्थक पहल गर्ने कि मूकदर्शक बन्ने?
छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु।
सपना देख्नेहरूको आक्रोश
त्यति बेलाका क्रान्तिकारी युवाहरूका लागि सिमानाको खासै मतलब थिएन, उनीहरू कम्युनिस्ट शासन शुरू गरेर विश्वलाई एउटै मुलुक बनाउन चाहन्थे।
धर्म निरपेक्षतामाथि प्रहार र कारण
संविधानको ‘धर्म निरपेक्ष’ प्रावधानउपर हुँदै गरेका प्रहार धार्मिक आस्थाको कारणले नभएर तात्कालिक राजनीतिक लालचले भएको हो।
कला/ जीवनशैली
डोल्पोको रङ गाढा छ
चित्रकलामा आफ्नो जन्मथलो डोल्पोलाई उतारिरहेका छिरिङ त्यहाँको प्राकृतिक रङ क्यानभासमा निखार्न नसकेको बताउँछन्। डोल्पो गाढा रङ बोकेर बसेको छ, बसाइँ हिँडेकाहरूको स्मृतिमा त्यो भूगोल फिक्का बन्दैछ।
रन क्लब: दौडमार्फत शारीरिकसँगै स्वस्थ सामाजिक सम्बन्ध
फिटनेसमा रुचि राख्ने युवाका लागि रन क्लबहरू स्वास्थ्य र सामाजिक सम्बन्ध बढाउने महत्त्वपूर्ण माध्यम बनेका छन्। कोभिड-१९ महामारीपछि रन क्लबप्रति युवाको आकर्षण बढ्दै गएको छ।
खेल
साफ यू२० महिला फुटबलमा श्रीलंकामाथि नेपालको लगातार जित
साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको छ। प्रतियोगितामा नेपालको यो तेस्रो जित हो र यससँगै नेपालको चार खेलमा नौ अंक भएको छ।
डबल राउन्ड रोबिनको आधार चलिरहेको प्रतियोगितामा नेपाल यसअघि श्रीलंकालाई ७-० ले नै हराएको थियो। नेपालले शनिबार भुटानसँग खेल्नेछ। पहिलो खेलमा भुटानलाई हराएको नेपाल दोस्रो खेलमा बांग्लादेशसँग पराजित भएको थियो।
विश्व
पाकिस्तानमा बाढी, ५४ जनाको मृत्यु
जुन २६ मा मनसुन शुरू भएदेखि पाकिस्तानमा ७० बालबालिकासहित करिब १८० जनाको मृत्यु भएको र करिब ५०० जना घाइते भएका छन्।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको छ। बुधबार बिहानदेखि पन्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा शहरी क्षेत्रमा पसेको बाढीले जनधनको क्षति गरेको हो।
राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी शहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दालाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ।
बेलायतमा ३ व्यक्तिको डीएनएबाट जन्मिए आनुवंशिक रोगमुक्त ८ शिशु
बेलायतमा ३ जनाको डीएनएबाट जन्मिएका ८ शिशु वंशाणुगत माइटोकोन्ड्रियाल रोगमुक्त भएको चिकित्सकले बताएका छन्। यो डीएनए छोरीबाट सन्तानमा सर्ने भएकाले यसलाई मानव आनुवंशिक बनावटमा स्थायी परिवर्तन मानिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
