न्याय परिषद्ले विभिन्न उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति र पदस्थापन सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाडौँ– न्याय परिषद्ले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले विभिन्न उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति र उनीहरूको पदस्थापन सिफारिस गर्ने निर्णय गरेको हो। अब प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त र पदस्थापना गर्नेछन्।
उच्च अदालतको न्यायाधीश नियुक्त हुनेहरूमा न्याय परिषद् सचिव यमबहादुर बुढामगर, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोला, ओखलढुंगाका न्यायाधीश गिरीराज गौतम, गुल्मी जिल्ला अदालतका न्यायाधीश युवराज गौतम र दाङ जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेल रहेका छन्।
त्यस्तै, पर्वत जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुंगाना, उदयपुर जिल्ला न्यायाधीश दीपककुमार खरेल, गोरखा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाट, काठमाडौँ जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेल, पाल्ला जिल्ला न्यायाधीश दलबहादुर केसी र भक्तपुर जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको नाम पनि सिफारिस भएको छ।
त्यसैगरी, कपिलवस्तु जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारी, नवलपरासी जिल्ला न्यायाधीश केशवप्रसाद अधिकारी, चितवन जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवाली, मोरङ जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराई, पर्सा जिल्ला न्यायाधीश दीपक खनाल र मकवानपुर जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईलाई पनि न्याय परिषद्ले सिफारिस गरेको छ।
त्यस्तै, उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेल, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीको नाम पनि सिफारिस भएको छ।
त्यस्तै, कानून व्यवसायीबाट सिफारिस हुनेमा शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, बालकृष्ण गैरे, निशा बानियाँ, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पन्जियार रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
