स्पेनको सेभियामा जारी सम्मेलनमा अल्पविकसित देशहरूको समूहका तर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिए।
सेभिया– प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गरेका छन्।
स्पेनको सेभिया (सेभिल्ला)मा जारी सम्मेलनमा प्रधानमन्त्री ओलीले अल्पविकसित देशहरूको समूहका तर्फबाट आवाज प्रस्तुत गर्दै धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिए। यस सम्मेलनले अनुमोदन गर्ने संकल्पले दिगो विकासका लागि सन् २०३० को अजेन्डा प्राप्तिका लागि नवीकरण गरिएको विश्वव्यापी वित्तपोषण ढाँचाको प्रतिज्ञा रहेको उनको भनाइ छ।
“विकासशील देशहरू तथा विशेषगरी अल्पविकसित देशहरूले यसको पूर्ण कार्यान्वयनका लागि सद्भाव र उच्च मनोबलका साथ जोडदार रूपमा आग्रह गर्छन्। यस सन्दर्भमा, हामी विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्याय र निष्पक्षताका लागि आह्वान गर्दछौँ,” प्रधानमन्त्री ओलीले भने, “हामी विश्वव्यापी वित्तीय संरचनाको सुधारका पक्षमा छौँ। हामी हाम्रा विकास साझेदारलाई विकासशील देशलाई ०.७ प्रतिशत आधिकारिक विकास सहायता (ओडीए) प्रतिबद्धता प्रदान गर्न र अल्पविकसित देशका लागि शून्य दशमलव दुई प्रतिशतभन्दा बढी पूरा गर्न आग्रह गर्छौं।”
प्रधानमन्त्री ओलीले आफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट गर्दै त्यसो हुन सकेमा सबै देशले लाभ प्राप्त गर्नसक्ने बताए। उनले सबैलाई साझा समृद्धि ल्याउने मूल्य शृंखलामार्फत विश्वव्यापी उत्तर र दक्षिणलाई जोड्न निजी क्षेत्रको सहयोगका पक्षमा भएको बताए। सहुलियतपूर्ण, अनुमानयोग्य र पहुँचयोग्य तथा पर्याप्त जलवायु वित्तका लागि आह्वान गर्दै विकासका लागि वित्तसम्बन्धी चौथो सम्मेलनले यसका लागि महत्त्वपूर्ण उत्प्रेरणाको आधार खडा गर्ने विश्वास व्यक्त गरे।
विश्वको कुल गार्हस्थ (जीडीटी)को तुलनामा अल्पविकसित मुलुकको प्रगति सन्तोषजनक नहुनु र कतिपय मुलुकमा तेब्बर घाटा (ऋण) हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै न्याय, पारदर्शिता र समतामूलक आधारमा विश्व आर्थिक प्रणालीको ‘कोर्स करेक्सन’ गर्न आह्वान गरे। उनले नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसका लागि विकास साझेदारबाट उचित सहयोगको अपेक्षा व्यक्त गरे।
त्यसअघि प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महाससिचव एन्टेनियो गुटेरेसबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
