हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ।
काठमाडाैँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने 'मेडिकल इम्प्लान्ट/स्टेन्ट' अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ।
मेडिकल इम्प्लान्ट चोटपटकमा क्षतिग्रस्त शरीरका संरचनाहरूलाई जोड्न तथा भर्न प्रयोग हुन्छन्। जस्तो, हड्डी भाँचिदा रड राखिन्छ। तिनीहरू स्थायी वा अस्थायी हुन सक्छन्। यस्तै, स्टेन्ट भन्नाले अवरुद्ध भएका रक्तनलीलाई खुलाउन प्रयोग हुने ट्युब हुन्।
त्यस्ता वस्तु हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा खरिद गर्नु परिरहेको छ। सरकारी अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियामा आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए।
सोहीअनुसार आइतबार सचिवस्तरीय निर्णयमार्फत मन्त्रालयले अब अस्पतालमा सबै बिरामीले देख्ने स्थानमा मूल्य सार्वजनिक हुने तथा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने गरी निर्णय गरेर परिपत्र गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
साथै बिक्रेताहरूलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक बिक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले बिरामीको गुनासो आउने वातावरण आउन नदिनसमेत पत्रमार्फत अस्पतालहरूलाई सचेत बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
