पाल्पाको निस्दी र पूर्वखोलाका मगर बस्तीमा घाटु नाच नाच्ने परम्परा छ। हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाचिन्छ।
तानसेन– घाटु नाच लोप हुँदै गएपछि पाल्पाका मगर समुदाय यसको संरक्षणमा जुटेका छन्।
पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको निस्दी गाउँपालिका–४, भोर्माका ७३ वर्षीय पार्वती ठाडाले बताए। घाटु सदियौँ पुरानो संस्कृति भए पनि पछिल्लो पुस्तामा चासो नहुँदा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न समुदायका अगुवाहरू जुटेको उनको भनाइ छ।
विशेष गरी यहाँका निस्दी र पूर्वखोलाका मगर बस्तीमा घाटु नाच नाच्ने परम्परा छ। हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा घाटु नाचिन्छ। विगतमाझैँ रौनक भने हराउँदै गएको निस्दी–७ ज्यामिरेका अशोक दिसुवाले बताए। “हामी युवा हुँदासम्म हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ, नयाँ पुस्ताको चासो कम छ,” उनले भने, “पुराना पुस्ता सकिँदै गए, अहिलेकालाई मोबाइलबाहेक अरू चाहिँदैन।”
पूर्वखोला गाउँपालिकाका मगर बस्तीमा पनि घाटु जोगाउन पुराना पुस्ताहरू कस्सिएका छन्। उनीहरूले युवाहरूलाई साथमा लिएर घाटु नाच्ने गरेका छन्। नयाँ पुस्तालाई घाटु नाचप्रति आकर्षित गरी संस्कृतिलाई बचाउन बेलाबेलामा नाच प्रदर्शन गर्ने गरेको जल्पा ढोलीमाराकी ६० वर्षीया फनिसरा कँवर बताउँछिन्।
“पछिल्लो समय हामीले ९ देखि १० वर्षका नानीहरूलाई सिकाइरहेका छौँ,” कँवरले भनिन्। बजारका कला केन्द्रले पनि रिमिक्स गराएर घाटु नाच सिकाउने गरेका छन्। “हाम्रो गाउँमा जस्तो वास्तविकता अन्यत्र देख्न पाइँदैन,” पूर्वखोला–२, जल्पाकी भिमीसरा आलेले भनिन्, “हामी सानो छँदा एक दिन एक रातसम्म नाचेको याद छ । तर, अहिले १०–१५ मिनेट मात्र देखाउने गरिन्छ ।”
घाटुमा गुरुआमाले गीत शुरू गरेपछि अन्य सहभागी महिलाहरूले गाउने र घाटुसरी (कन्या, बालिका) ले नाच्ने गर्दछन्। घाटु गीत शुरूदेखि अन्त्यसम्म नबिराइकन गाउनुपर्ने भएकाले जो कोही गुरुमा बन्न नसक्दा हराउने हो कि भन्ने चुनौती देखिएको छ।
विगतमा निस्दी–५ को ६ स्थानमा घाटु नचाइने गरे पनि अहिले बेलौजी, बाङ्लाङ्, गाबुडाँडा र खरकडाँडामा मात्र नाच्ने गरिएको छ। निस्दीको वडा नं. ३ को दुनीडाँडा, वडा नं. ४ को भोर्मा, मौलाथर, भिरपानी, वडा नं. ७ को ज्यामिरेमा पनि यस वर्ष घाटु नचाइएको छ। पूर्वखोला गाउँपालिकाको जल्पा, देवीनगर, विरकोटलगायतका स्थानमा घाटु नचाइन्छ।
“घाटु नाचमा देवीदेवताको कथावस्तु हुन्छ । गाउँलेहरू धनुष लिएर हरिण मार्न जान्छन् । हरिण मारेपछि गाउँलेहरू खुकुरीले त्यसको छाला काढ्छन्। त्यसपछि राजालाई दिने चलन छ,” मौलाथरकी माया सारुले भनिन्, “राजा खुसी भएपछि गाउँलेलाई वायुपंखी घोडा उपहार दिने गर्छन्।” उनका अनुसार यही खुसी मनाउन गाउँलेहरूमा घाटु नाच्ने चलन चलेको हो।
घाटुमा मादल मात्र बजाइन्छ। मंगलाचरणमा विभिन्न देवीदेवताको नाम सम्झना हुन्छ। नाच नाच्नुअघि अक्षताले इष्टदेवी देवचुली, गंगाचुलीलगायतको पूजा गर्ने चलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
