न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषले समेट्न सकेका छैनन्।
काठमाडौँ– मनकुमारी बुढा आठ वर्ष अगाडी रोल्पाबाट काठमाडौँ पसेकी थिइन्। राम्रो आम्दानी हुने काम नपाएपछि उनी सात वर्षदेखि धुनिबेशीको एक इँटाभट्टामा काम गर्दै छिन् ।
११ वर्ष अगाडी श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो। दैनिक जीविकोपार्जनका लागि उनी र उनकी छोरीले इँटा बोक्न थाले।

एक पटकमा ४० देखि ४५ वटासम्म इँटा बोक्ने उनीहरूको कमाई कति पटक इँटा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्छ। जति पटक इँटा बोक्यो त्यति पटक काजगमा छाप लगाउने र पछि हिसाब गरेर दैनिक कमाई निर्धारण गरिन्छ। “कहिलेकाहीँ बिरामी परेर काम गर्न सकिँदैन, त्यो दिन त कमाई नै हुँदैन,” मनकुमारीले सुनाइन् ।

इँटाभट्टामा काम उनीहरू त एउटा उदाहरण मात्र हुन्। बाल श्रमको प्रयोग गरिने इँटाभट्टामा ११/१२ बर्षका बालक खच्चर धपाउँछन्। धुलो धूवाँमा न्यून ज्यालामा काम गर्ने उनीहरू श्रम शोषण भोग्न बाध्य छन् ।
इँटाभट्टामा बाल श्रमको प्रयोग गर्न नहुने भएता पनि पनि घरको गरिबी, शैक्षिक अवस्थालगायत कारणले बालबालिका इँटाभट्टामा काम गर्न बाध्य छन्।
न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषले समेट्न सकेको छैन।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
