काठमाडौँको 'कोर' बस्तीबाटै पछिल्लो पटक फरक-फरक समयमा दुई वटा मूर्ति चोरी भएका छन्।
काठमाडौँ– काठमाडौँस्थित कंग अजिमा मन्दिर परिसरबाट मूर्ति चोरी भएको छ। श्री कंकेश्वरी मन्दिर परिसर तथा सत्तल सुधार समितिका सचिव जोशिस खड्गीको दिउँसो अपहरान्ह १ बजेको समयमा परिसरमा रहेको संकटाको मूर्ति चोरी भएको जानकारी उकालोलाई दिए।
“बिहानसम्म मूर्ति यथावत् स्थानमा थियो, मन्दिर परिसरमै घाट पनि छ। दिउँसो मलामी जाने समयमा हुलमुल थियो, ” खड्गी भन्छन्, “मलामीबाट फर्किएको केही समयपछि नै मन्दिरका पूजारीबाट फोन आयो, संकटाको मूर्ति हरायो।”
यसअघि मन्दिरको मुख्य मूर्ति कंकेश्वरीको मूर्ति पनि चोरी भएको उनी बताउँछन्।
हाल चोरी भएको मूर्ति प्रस्तरबाट बनेको थियो। सो मूर्ति प्राचीन नै नभएको भए पनि पटकपटक परिसरबाटै मूर्ति चोरी हुनुले सम्पदा क्षेत्रमा बढ्दो असुरक्षा र चोरीले पाइरहेको प्रश्रयलाई इंगित गर्ने उनी बताउँछन्।

हराएको मूर्तिको उजुरीका लागि वडा कार्यलयमार्फत समन्वय गरी प्रहरीमा जानकारी गराइने उनले बताए। “वडा अध्यक्ष विदेश भ्रमणमा हुनुहुँदो रहेछ। वडा कार्यलयको समन्वयमा चाँडै मूर्ति चोरीको उजुरी गराउने छाैँ,” सचिव खड्गीले भने।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले पनि पछिल्लो समय मूर्ति चोरी अझै बढ्न थालेकोमा चिन्ता व्यक्त गरे। केही हप्ताअघि मात्रै अट्को नारायण स्थान परिसरसँगै रहेको चिकंमुगलस्थित भगवती देवीको मूर्ति चोरी भएको जानकारी उनले दिए।
“आजैमात्र त्यहाँ हराएको मूर्तिको विषयमा सम्बन्धित वडा अध्यक्ष मचाराज, पुरातत्व विभागका कर्मचारीसहितको टोली भ्रमणमा गएका थियौँ, फेरि अर्को मूर्तिको घटना आयो,” श्रेष्ठ भन्छन्, “मूर्ति चोरीको यो क्रम निकै संवेदनशील विषय हो।”
स्थानीयसँग पुछताछ गर्दा मूर्ति हराएको सटिक समयको समेत जानकारी नभएको अध्ययनमा संलग्न अधिवक्ता संजय अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
