लस्ट आर्टस् अफ नेपालका अनुसार, यो सम्पदा अहिले चुपिङ–घाटको विपरीत दिशामा रहेको परदेशी भीमसेन मन्दिरको प्रवेश पर्खालमा जोडेर राखिएको छ।
काठमाडौँ– सम्पदा अन्वेषक लैनसिंह वांदेलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’को विवरणमा ४० वर्षअघि भक्तपुरको चुपिङ–घाटबाट चोरी भएको भनिएको उमा–महेश्वर प्रतिमा सोही क्षेत्र (भेलुखेल)मा पुजाअर्चना भइरहेको अवस्थामा फेला परेको छ।
नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजबिन तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो सम्पदा अहिले चुपिङ–घाटको विपरीत दिशामा रहेको परदेशी भीमसेन मन्दिरको प्रवेश पर्खालमा जोडेर राखिएको छ। पन्ध्रौँ शताब्दीको सिर्जना मानिने उमा–महेश्वर प्रतिमामा शिव–पार्वती भुइँमा बसिरहेको प्रस्तर आकृति र वरपर सहयोगीसहित कुमार, नन्दी आदि देख्न सकिन्छ।
“प्रायजसो यस्ता कतिपय सम्पदाहरू यथास्थानमा नभेटिएपछि चोरिएको वा हराएको भनेर गणना गरिएको हुन्छ। तर, यसबीचमा कतै स्थानान्तरण गरिएको वा संग्रालय, प्रहरी चौकी कतै राखिएको पनि हुन सक्छ,” लस्ट आर्टस् अफ नेपालले भनेको छ। यो सम्पदाबारे भारतीय अध्येता प्रतापआदित्य पालको ‘द आर्टस् अफ नेपाल (१९७४)’ र जर्मन अन्वेषक जुर्गेन सिकको ‘द गड्स आर लिभिङ द कन्ट्री (१९९८)’ कृतिमा पनि उल्लेख गरिएको छ।
वांदेलको सन् १९८९ मा प्रकाशित खोजमूलक कृतिले नेपालबाट चोरिएका वा हराएका २०० भन्दा बढी पुरातात्त्विक सम्पदाको विवरण बाहिर ल्याएपछि यस्ता सम्पदा फिर्ता ल्याउने वा यथास्थिति पहिल्याउने अभियान अघि बढेको छ।
यसअघि पनि, वांदेलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’मा उल्लेख भएअनुसार जयबागेश्वरी क्षेत्रबाट चोरिएको भनिएको उमामहेश्वर मूर्ति सोही क्षेत्रको निजी घर परिसरमा फेला परेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
