पुरातात्त्विक महत्त्वका २१ थान कलावस्तु अमेरिकाबाट नेपाल फिर्ता आएका छन्। फिर्ता भएका कुल १७७ थान कलावस्तुमध्ये अमेरिकाबाट मात्रै १०४ अर्थात् ५९ प्रतिशत फर्काइएका हुन्।
काठमाडौँ– विभिन्न समयमा चोरी भएका नेपाली २१ थान कलावस्तु अमेरिकाबाट फिर्ता ल्याइएको छ। इतुमबहालको तीन वटा पौभा चित्रकला, बुगंमतिस्थित प्रस्तरको बुद्ध मूर्ति, पाटनको गुइत चैत्यबाट हराएको मुछलिन्द बुद्धको मूर्ति, माटोको भैरवको मुकुन्डो, पार्वती/लक्ष्मीको प्रस्तरको मूर्तिसहित श्वेत तारा, बाल कृष्ण, तारा, काली, पद्मपाणि, कृति–मुख, जम्भला लगायतका कलावस्तु स्वेदश फिर्ता भएका हुन्। यसका साथै अन्य १५ धातुका मूर्ति पनि फिर्ता भएको आइतबार पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले दिइन्।
विभागले यी कलावस्तु आफ्नो उत्पत्तिस्थल फिर्ता नहुन्जेलसम्म संरक्षणका लागि राष्ट्रिय संग्रहालय छाउनी र पाटन संग्रहालयमा राख्ने भएको छ। गुइत चैत्यको मुछलिन्द बुद्धको मूर्ति पाटन संग्रहालयलाई हस्तान्तरण गरियो भने बाँकी थान कलावस्तु राष्ट्रिय संग्रहालयमा हस्तान्तरण गरिएको हो।

‘आर्ट इन्सिच्युट अफ सिकागो’मा प्रदर्शनीमा राखिएको २०३७ सालमा इतमुबहालबाट हराएको १५–१८ शताब्दीका पौभा चित्रकला निजी संग्रहकर्ता नवीनकुमारबाट फिर्ता ल्याएको हो।
सोही संग्रहालयबाट पाटनको गुइत चैत्यबाट हराएको १२–१३औँ शताब्दीको मुछलिन्द बुद्धको मूर्ति पनि फिर्ता ल्याइएको हो। बुंगमतिको मछिन्द्रबहालबाट २०२५–०२६ सालमा हराएको ९औँ शताब्दीको बुद्धको प्रस्तर मूर्ति अमेरिकाकै मिचिगन म्युजिममा पहिचान गरिएको थियो।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यथेष्ट प्रमाण हुँदाहुँदै पनि लामो समय विदेशमा रहेको नेपाली कलावस्तु फिर्ता ल्याउन नसक्नुका दुई कारण औँल्याइन्। “उदाहरणका लागि तलेजु भवानीको हार फिर्ता ल्याउनका लागि तत्कालीन समयमा हार हराएपछि प्रहरीमा उजुरी नहुनु एउटा समस्या हो,” उपप्रमुख डंगोलले भनिन्, “दोस्रो, मूर्ति फिर्ता ल्याउनका लागि आवश्यक पर्ने आर्थिक पाटोलाई पनि महानगरले मध्यनजर गरिरहेको छ।”

इतुमबहालमा विदेशबाट फर्किएको थुप्रै कलावस्तु संरक्षणमा रहेकाले संग्रहालयको सुरक्षा, संवर्दनका लागि महानगरबाट एक करोड बजेट विनियोजनको योजना बनेको पनि उनले सुनाइन्। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पनि स्थानीय सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
मूर्ति फिर्ता ल्याउन न्युर्योकस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको थियो। गुठीका प्रमुख विजयमान सिंहले एक वर्षयता गुठी अमेरिकामा रहेका मूर्ति फिर्ता अभियानमा सक्रिय रूपमा लागेको बताए। भविष्यमा पनि मूर्ति फिर्ताका लागि हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।

अमेरिकीबाट मात्रै ५९ प्रतिशत कलावस्तु फिर्ता
हालसम्म अमेरिका, अस्ट्रिया, बेलायत, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट गरी जम्मा १७७ थान पुरातात्त्विक महत्त्वका मूर्ति तथा कलावस्तु नेपाल फिर्ता भइसकेका छन्। यसमा अमेरिकाबाट मात्रै १०४ थान कलावस्तु फिर्ता आएका छन्। यो संख्या नेपालमा फिर्ता आएका कलावस्तुको ५९ प्रतिशत हो।
कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अबको समय नेपाल विश्वव्यापी सम्पर्कमा रहेको कारण विश्वका कुनै पनि कुनामा भएका नेपाली कलावस्तु लामो समय प्रदर्शनी अथवा बिक्री वितरण, लिलामीका लागि नरहने बताए। “नेपालीको आँखा संसारभर फैलिएको छ,” मन्त्री पाण्डेले भने, “अब नेपाली कलावस्तु लामो समय विदेशमा रहेन छैनन्।”

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
