शुक्रबार बिहान रंगीचंगी ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। यससँगै काठमाडौँ उपत्यकासहित मुलुकभर औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ।
काठमाडौँ– काठमाडौँको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। शुक्रबार बिहान रंगीचंगी ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो।
हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने चीर ठड्याइएको हो। चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइँ गरिएको थियो।

चीर ठड्याएसँगै राजधानी काठमाडौँसहित मुलुकभर औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ। नेपाल पञ्चांग निर्णायक समितिले चीर ठड्याउनका लागि शुक्रबार उत्तम साइत रहेको जनाएको थियो। पौराणिक कालदेखि शुरू भएको होलीको विशेष महत्त्व छ। होली पर्वलाई वसन्त ऋतुको आगमनको खुशीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार हिरण्यकशिपु भगवान् विष्णुका भक्त भएका कारण छोरा प्रह्लादलाई मार्न बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए। तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ। यही विश्वासअनुरूप अबिर लगाएर होली खेल्ने गरिन्छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
