अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए।
काठमाडौँ– नेपाल कला परिषद् बबरमहलमा ललितकलाकी कलाकार कृति शाह चन्दको दोस्रो एकल चित्रकला प्रदर्शनीको एक हजारभन्दा बढी कलापारखीले अवलोकन गरेका छन्।
फागुन १९ देखि २२ सम्म भएको प्रदर्शनीमा अग्रज कलाकार, प्राध्यापक, साहित्यकार, युवा तथा विद्यार्थीहरू गरी एक हजारले अवलोकन गरेका हुन्। प्रदर्शनीको अग्रज कलाकार तथा सयौँ कलाकार जन्माउन सफल शशिविक्रम शाहले पनि अवलोकन गरेका थिए।
बिहीबार समापनका अवसरमा अवलोकन गर्दै उनले कृतिको कला उत्कृष्ट लागेको बताए। “पहिले फिगरेटिभ बनाउँथिन्। अहिले अमूर्त कला बनाएकी रहिछन्। निकै उत्कृष्ट लाग्यो, पहिलेको प्रदर्शनीभन्दा धेरै राम्रो र फरक पाएँ,” उनले भने।
कलाकार शाहले अमूर्त कला बनाउन निकै गाह्रो हुने सुनाए। “जे सोच्यो त्यही देखिन्छ, अमूर्त कलाको अभिव्यक्ति हेर्नेहरूको सोचाइमा भर पर्छ,” उनले भने। कला राम्रो लाग्यो, पुग्यो भन्ने नै नहुने बताउँदै जति सकिन्छ सुधार गर्दै लैजानुपर्ने र हरेक पटक नयाँ हुने उनको भनाइ छ।
“सिर्जना रोकियो भने राम्रो हुन्न। सिर्जना गरिरहनुपर्छ। रोकिएपछि पालिस नै हुन्न,” उनले भने, “जति हिँड्यो उति फाइदा हो नि। कलालाई संगीतले ठूलो सहयोग र शक्ति दिन्छ।”
कलाकार कृति शाह चन्दले गत वर्ष पहिलो कला प्रदर्शनी ललितपुरमा आयोजना गरेकी थिइन्। यसपालि ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा ४५ कला समावेश गरी दोस्रो एकल चित्रकला प्रदर्शनी आयोजना गरेकी हुन्। प्रदर्शनीमा राखिएका एक दर्जन बढी कृतिहरू बिक्रीसमेत भएको उनले बताइन्।
रङका तरंगले केही बोलिरहेको, संगीत दिइरहेको र छालहरू छचल्किरहेका जस्ता देखिले सिर्जनाले कला पारखीलाई आकर्षित गरेको थियो। एक जना कलाकार उत्तम डंगोलले एकल प्रदर्शनीमा १०–१२ वटा सिर्जना बिक्री हुनु र एकभन्दा हजार बढीले अवलोकन गर्नु आफैमा सफल प्रदर्शनी भएको सुनाए।
कलाकार शाहले यो प्रदर्शनीमा मानिसको जीवन भोगाइलाई सिर्जनामा उतारिएको बताइन्। समय परिस्थिति र वास्तविकताबीचको बेमेल र जीवनलाई समय र परिस्थितिसँग ढाल्दै अघि बढ्नुपर्छ भन्ने सन्देश यसले दिएको उनको भनाइ छ।
अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए। रङका तरंगहरूलाई उनले आकर्षक ढंगले प्रस्तुत गरेकी छन्।
कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धर, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. केदारभक्त माथेमा, कलाकार राधेश्याम मुल्मी, कृष्ण मानन्धर, साहित्यकार रोचक घिमिरे, ललितकला गुठीका संस्थापक स्मृति कर्माचार्य, वरिष्ठ कलाकार गोविन्द डंगोल, कवि विप्लव प्रतीकलगायतले अवलोकन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
