बेँसीसहर नगरपालिका–३ स्थित लमजुङ दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य रहे पनि बजेट अभावले काम हुन नसकेको विभागले जनाएको छ।
लमजुङ– बजेट अभावका कारण लमजुङ दरबार पुनर्निर्माण सम्पन्न हुन सकेको छैन। शाहवंशीय राजाको उद्गमस्थल मानिएको दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ।
बेँसीसहर नगरपालिका–३ गाउँसहर स्थित सो दरबारको तीन वर्षअघि पुरातत्त्व विभागले पुनर्निर्माण थालेको थियो। विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार थालेको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि सरकारले बजेट उपलब्ध नगराउँदा सम्पन्न हुन नसकेको हो। दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लास्टर, झ्यालढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम बाँकी रहेको उनले जानकारी दिए।
आर्थिक वर्ष २०७९/८० मा १ करोड ३३ लाख रुपैयाँ बजेटबाट पुनर्निर्माण शुरू गरिएकामा गत आवमा सरकारले जम्मा ५० लाख रुपैयाँ छुट्याएको थियो। पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ। दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ।
काम अधुरै रहँदा स्थानीय चिन्तित रहेको गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले बताए। “तेस्रो वर्षमा पनि काम सम्पन्न भएन। विभिन्न चाडपर्वमा आउने दर्शनार्थी तथा पर्यटकलाई अलपत्र रहेका ढुंगा काठले असहज बनाउने गरेको छ,” उनले भने।
व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ। शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो। त्यसैको विरासत हो लमजुङ दरबार। कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई १५४० सालमा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए।
त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ। सो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
