Tuesday, April 16, 2024

-->

एएफसी यू–२० महिला एसिया कप छनोट : दोस्रो चरणको खेल तालिका सार्वजनिक

एएफसीले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ।

एएफसी यू–२० महिला एसिया कप छनोट  दोस्रो चरणको खेल तालिका सार्वजनिक

काठमाडौँ- एएफसी यू–२० महिला एसिया कप छनोटको दोस्रो चरणमा नेपालले चीन, म्यानमार र चाइनिज ताइपेसँग खेलेको भएको छ। 

एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो। नेपालसहित चीन, म्यानमार र चाइनिज ताइपे समूह 'बी'मा रहेका छन्।

समूह 'ए' मा भने अस्ट्रेलिया, भियतनाम, इरान र लेवनान रहेका छन्। गत फागुन २८ गते  प्यालेस्टाइनमा सम्पन्न पहिलो चरणको खेलमा नेपालले शतप्रतिशत जित हात पारेको थियो।

समूह 'बी'मा रहेको नेपालले आयोजक प्यालेस्टाइन र नर्दन मारियाना आइल्यान्डलाई समान ६–० ले पराजित गरेको थियो। दोस्रो चरणमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको हो।

जसबाट शीर्ष दुईमा रहने २/२ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछन्। उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ।


सम्बन्धित सामग्री