Friday, March 29, 2024

-->

नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँच डीआईजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

काठमाडौँ- सरकारले नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय पनि गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सिफारिस अनुसार ५ जना डीआईजीको बढुवा गरेको हो। 

एआईजीमा बढुवा हुनेहरूमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। 

उनीहरूलाई एक साता अघि बढुवा समितिले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो। सरकारले आज निर्णय गरेपछि उनीहरूले दर्ज्यानी चिह्न लगाउने छन्। आज बढुवा भएका ५ जनामध्ये १ जना आगामी चैत ११ मा प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा हुनेछन्।


सम्बन्धित सामग्री