Saturday, April 20, 2024

-->

वासिम बने लिग-२ को एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटर

यूएईका कप्तान मोहम्मद वासिमले पपुवा न्यू गिनीविरुद्ध कीर्तिमानी १२ छक्का प्रहार गरेका छन्।

वासिम बने लिग-२ को एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटर

काठमाडौँ- यूएईका कप्तान मोहम्मद वासिमले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्दै कीर्तिमान बनाएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार उनले पपुवा न्यू गिनीविरुद्ध कीर्तिमानी १२ छक्का प्रहार गरेका हुन्। वासिमले ७६ बलमा ६ चौका र १२ छक्कासहित ११९ रन बनाएर आउट भएका थिए।

यसअघि लिग-२ मा स्कटल्यान्डका माइकल लीस्कले एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए। उनले गत फेब्रुअरी १७ मा नेपालविरुद्ध सर्वाधिक ९ छक्का प्रहार गरेका थिए।

उनीहरूबाहेक नामिबियाका पियरे कोट्जले ८ र स्कटल्यान्डका जर्ज मुन्शेले एकै इनिङ्समा ७ छक्का प्रहार गरेका छन्।  नेपालका कुशल भुर्तेल, कुशल मल्ल र रोहित पौडेलले भने ४/४ छक्का प्रहार गरेका छन्।
 


सम्बन्धित सामग्री