Wednesday, April 24, 2024

-->

गणित गाह्रो हुन्छ भन्ने मानसिकता हटाउन ‘म्याथ पार्क’

गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले बुढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले गणित उद्यान निर्माण गरेको छ।

गणित गाह्रो हुन्छ भन्ने मानसिकता हटाउन ‘म्याथ पार्क’

काठमाडौँ- विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकता हटाउने उद्देश्यले नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को शुरूआत गरिएको छ। 

गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले पार्क शुरूआत गरिएको हो। बुढानीलकण्ठस्थित  इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको उक्त पार्क आज पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसरमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी  बज्राचार्यले पार्कको उद्घाटन गरे। 

पार्कमा विद्यार्थीहरूले गणित प्रयोग गरी रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन्। गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न यो पार्कको भूमिका रहने अपेक्षा गरिएको छ। साथै, शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीले आफैँ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्ने र यसले कक्षा कोठाको सिकाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

सचिव बज्राचार्यले नेपालमा पहिलो स्थापना भएको गणित पार्कले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताए। उनले विज्ञान र गणितप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको बताउँदै गणित पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताए।

उनले मन्त्रालयले हाल ‘स्टिम’ शिक्षाका सामग्री तयार पार्ने गरिरहेको र पूरा भएपछि विद्यालयलाई वितरण गर्ने तथा शिक्षकलाई पनि तालिम दिने बताए। 

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा पनि हुन आवश्यक रहेको बताए। 

अंग्रेजी जानीनजानी बोल्ने गरिए पनि गणितको सिकाइ सोअनुसार नहुने भन्ने विषय महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए। 

विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण पार्क निर्माण गर्न सकिएको जानकारी दिए।


सम्बन्धित सामग्री