Saturday, April 20, 2024

-->

नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका पाँच जना डीआईजीहरूलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।

नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ- नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजी बसन्त बहादुर कुँवरसहित पाँच जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा सिफारिस सूचीअनुसार पहिलो नम्बरमा कुँवर, दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा दीपक थापा छन्। त्यस्तै, श्यामलाल ज्ञवाली र किरन बज्राचार्य पनि एआईजीमा बढुवाका लागि सिफारिस भएका छन् ।

असार ८ मा एसएसपीबाट डीआईजी बढुवा हुँदा पनि उनीहरू रोलक्रममा क्रमशः बढुवा भएका थिए। यसअघि ३ नम्बर मा डीआईजी बढुवा सिफारिस भएका अशोक सिंहले राजीनामा दिएपछि ६ नम्बरमा डीआईजी बढुवा भएकी किरण बज्राचार्यले अहिले एआईजीमा बढुवा हुने अवसर पाएकी हुन्।

यी पाँच जनाबाटै चैत ११ गते नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) बन्नेछन्।


 


सम्बन्धित सामग्री