Thursday, April 25, 2024

-->

लिग-२ : पपुवा न्यू गिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको छ।

लिग-२  पपुवा न्यू गिनीले नेपाललाई दियो २०४ रनको लक्ष्य

पपुवा न्यू गिनीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाललाई २०४ रनको लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको हो।

पपुवा न्यू गिनीका कप्तान असद भाला र चाड सोपरले ३६/३६ रन बनाए। भालाले ५३ बलमा ४ चौका प्रहार गरे। सोपरले ५३ बलमा २ चौका प्रहार गरे।

यता, सेस बाउले ५५ बलमा ३ चौकासहित ३१ रन बनाए भने ओपनर किप्लिन डोरिगाले २९ र नोर्मन भानुआले २५ रन बनाए। पपुवा न्यू गिनीका अन्य ब्याटरले सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन्।

नेपालका गुलशन झाले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै १ मिडेनसहित ३२ रन खर्चिए। गुलशनको ओडीआई करिअरमा यो नै उत्कृष्ट प्रदर्शन हो। 

यसअघि उनले सन् २०२२ डिसेम्बर ४ मा स्कटल्यान्डविरुद्धको खेलमा ४ ओभर बलिङ गर्दै १ मेडेनसहित १९ रन खर्चिएर २ विकेट लिएका थिए।

यता, कुशल मल्लले ८ ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए। डेब्यू ब्वाइ प्रतिश जीसी, करण केसी र सोमपाल कामीले १/१ विकेट लिए।


सम्बन्धित सामग्री