Friday, April 19, 2024

-->

सेयर बजार २२ अंकले घट्यो

बिहीबार कूल २१६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा १९४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको बढेको छ।

सेयर बजार २२ अंकले घट्यो

काठमाडौँ– साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक २२.१२ अंकले घटेर २ हजार ९४.५४ अंकमा पुगेको हो।

बिहीबार नेप्से घटे पनि कारोबार रकम बढेको छ। बुधबार १ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ। त्यस्तै, ‍मंगलबार २ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

बिहीबार कूल २१६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा १९४ कम्पनीको सेयरमूल्य घटेको छ भने १९ कम्पनीको बढेको छ। त्यस्तै, तीन कम्पनीको सेयरमूल्य स्थिर छ।

आदर्श लघुवित्तको १० प्रतिशत, मल्टिपपर्स फाइनान्सको २.९६ प्रतिशत र इमर्जिङ नेपालको २.११ प्रतिशतले सेयरमूल्य बढ्दा सपोर्ट लघुवित्तको ५.८० प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सको ५.२९ प्रतिशत र रिडी हाइड्रोपावरको ५.१३ प्रतिशतले घटेको छ।

बिहीबार सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसपछि एनआईसी एशिया बैंकको ५ करोड ५० लाख ४० हजार र आईएमई जनरल इन्स्योरेन्सको ४ करोड ९१ लाखको कारोबार भएको छ।


सम्बन्धित सामग्री