Friday, April 19, 2024

-->

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार पाएका छन्।

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा विजयी भएका छन्। 

उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार पाएका छन्। उनले १८४  संघीय सांसद र ३२९ प्रदेश सांसदको मत पाएका हुन्। 

संघीय संसद्को ल्होत्से कक्षमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान भएको थियो। 

उपराष्ट्रपतिका लागि जसपाका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार रहेका थिए। 

त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा)ले  १०४ संघीय सांसद र १६९ प्रदेशसभा सांसदको मत पाएकी छन्।

जनमत पार्टीका ममता झाले भने २३ संघीय सांसद र १५ प्रदेशसभा सांसदको मत पाइन्।

उपराष्ट्रपति निर्वाचनमा ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता रहेका छन्।


सम्बन्धित सामग्री