Friday, April 26, 2024

-->

धुनषामा इलाका प्रहरीको हिरासतबाट भागे ६ अभियुक्त

आइतबार राति धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा रहेको इलाका प्रहरी कार्यालयको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन्।

धुनषामा इलाका प्रहरीको हिरासतबाट भागे ६ अभियुक्त

काठमाडौँ- धुनुषामा ६ जना अभियुक्त प्रहरी हिरासतबाट फरार भएका छन्। 

आइतबार राति जिल्लाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट ६ जना अभियुक्त फरार भएका हुन्। 

उनीहरू राति ३ बजेको समयमा हिरासत तोडेर  फरार इप्रका सखुवाका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए। 

इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्तमध्ये २ जनालाई हातहतियार, २ जनालाई लागुऔषध र २ अभ्रद व्यवहारको अभियोग छ। 

हिरासत कक्षतर्फको भित्ता निकै कमजोर भएका कारण फोडेर अभियुक्तहरू भाग्न सफल भएको यादवले बताए। 

फरार हुनेहरूमा रोशन महतो र शंकर सिंह हातहतियार, विनोदकुमार शर्मा र अमित मण्डल लागूऔषध र रोशन यादव र हरिदीप सिंह अभद्र व्यवहारका अभियुक्त हुन्। 

फरार अभियुक्तहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री