Friday, April 19, 2024

-->

मन्त्रिपरिषद्ले बदल्यो क्रसर बन्द गर्ने गृहको निर्णय, असारसम्मको समय दिइने

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगलाई मापदण्ड पूरा गर्न समय थप्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले बदल्यो क्रसर बन्द गर्ने गृहको निर्णय असारसम्मको समय दिइने

काठमाडौँ– सरकारले मापदण्ड पूरा गर्नका लागि क्रसर उद्योगलाई असार मसान्तसम्मको समयसीमा दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 

गृहमन्त्रालयले केही साताअघि देशभर सञ्चालनमा रहेका अवैध क्रसर उद्योग बन्द गर्न सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। त्यसको चौतर्फी विरोध भएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले क्रसरका विषयमा नयाँ निर्णय गरेको हो।

बैठकले क्रसर उद्योगलाई थप नियमन गर्ने निर्णय समेत गरेको छ। अनुमतिविना सञ्चालित सबै क्रसर उद्योगलाई बन्द नै गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिए। 

आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न भएपश्चात् पनि चलिरहेका क्रसर उद्योग भने बन्द गरिने निर्णय सरकारले गरेको छ। 

यस्तै आजको मन्त्रिपरिषद् बैठकले आफैँलाई आगो लगाई मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा पनि छानबिन गर्ने निर्णय गरेको छ। 

बैठकपछि गृहमन्त्री लामिछानेले आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने निर्णय गरेको जानकारी दिए।


सम्बन्धित सामग्री