Friday, March 29, 2024

-->

जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

अस्ट्रेलियन ओपनको क्वार्टफाइनल खेलमा रूसका एन्ड्री रूबलेभमाथि सहज जित निकाल्दै जोकोभिच सेमिफाइनलमा पुगेका छन्।

जोकोभिच अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

काठमाडौँ– सर्बियन टेनिस स्टार नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।

मेलबर्नस्थित रोड लेभर एरिनामा बुधबार सम्पन्न अस्ट्रेलियन ओपनको क्वार्टफाइनल खेलमा रूसका एन्ड्री रूबलेभमाथि सहज जित निकाल्दै उनी सेमिफाइनलमा पुगेका हुन्। 

९ पटकको च्याम्पियन जोकोभिचले रूबलेभमाथि ३-० को सोझो सेटको जित निकाले। उनले रूबलेभलाई ६-१, ६-२ र ६-४ ले पराजित गरे।

१०औँ पटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका उनले फाइनल प्रवेशका लागि अमेरिकाका टोमी पउलको सामना गर्ने छन्। पउलले आफ्नै राष्ट्रका बेन शिल्टनलाई पराजित गर्दै सेमिफाइनलमा जोकोभिचसँगको भेट पक्का गरेका थिए।


सम्बन्धित सामग्री