Friday, April 26, 2024

-->

क्यालिफोर्नियामा फेरि गोली प्रहारको घटना, ७ जनाको मृत्यु

क्यालिफोर्नियाको मोन्टरे पार्कमा दुईदिन अघि लुनार नयाँ वर्ष मनाइरहेका मानिसमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाले ज्यान गुमाएका थिए।

क्यालिफोर्नियामा फेरि गोली प्रहारको घटना ७ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित तटीय शहर हल अफ मुन बेका दुई छुट्टाछुट्टै स्थानमा गोली प्रहार हुँदा सात जनाको मृत्यु भएको छ। गम्भीर घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक छ।

स्थानीय समयानुसार सोमबार दुई बजेर २२ मिनेटमा च्याउ खेती क्षेत्रमा चार जनामाथि गोली प्रहार भएको थियो। अन्य तीन जनाको शव ट्रक व्यापार क्षेत्र नजिक भेटिएको स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

मृतकहरू सबै चिनियाँ किसान रहेको बताइएको छ। कामको भार बढी भएर असन्तुष्ट कामदारले आक्रमण गरेको स्थानीय अधिकारीले जनाएका छन्। स्थानीय ६७ वर्षीय झाओ चुन्लीले गोली चलाएको प्रहरीले जनाएको छ। गोली चलाउनुको  कारण खुलेको छैन।

गोली प्रहार गरिसकेपछि साँझ चार बजेर ४० मिनेटमा स्थानीय प्रहरी कार्यालयनजिकै गाडी चलाइरहेका बेला ती व्यक्तिलाई पक्राउ गरिएको सान मटेओ काउन्टीकी सरकारी अधिकारी क्रिस्टिना कर्पसले बताइन्। ती व्यक्तिको साथबाट घटनामा प्रयोग भएको एक अर्धस्वचालित पेस्तोलसमेत बरामद गरिएको बीबीसीले उल्लेख गरेको छ।

क्यालिफोर्नियाका गभर्नर गभिन न्युसमले ट्विटरमा लेखेका छन्, “सामूहिक हत्याकाण्डका क्रममा गोली लागि घाइते भएकाहरूलाई अस्पतालमा भेटिरहेको थिएँ। त्यतिबेलै अर्को गोली प्रहारको घटना सुन्नुपर्यो। यतिबेला हाफ मुन बेमा घटना भयो। पीडामाथि पीडा थपिएको छ।”

सान मटेओ काउन्टी बोर्ड अफ सुपरभाइजर्सका अध्यक्ष डेभ पाइन भन्छन्, “बढ्दो बन्दुक हिंसा हाम्रो घरसम्म आइपुगेको छ। भर्खरै मोन्टरे पार्कमा भएको गोली प्रहारमा दुःख मनाउन सम्म पाएनौँ। यो बन्दुक हिंसाको अन्त्य हुनुपर्छ।”

दुईदिन अघि मात्र क्यालिफोर्नियाको मोन्टरे पार्कमा लुनार नयाँ वर्ष मनाइरहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा १० जनाले ज्यान गुमाएका थिए। 


सम्बन्धित सामग्री