Thursday, April 25, 2024

-->

बाजुरा भूकम्प : घाँस काट्न गएकी महिलाको मृत्यु

मंगलबार दिउँसो गएको भूकम्प पछि माथिबाट खसेको ढुंगा लागेर बाजुराको गौमुलेमा १ जनाको मृत्यु भएको छ।

बाजुरा भूकम्प  घाँस काट्न गएकी महिलाको मृत्यु

काठमाडौँ- मंगलबार गएको भूकम्पका कारण बाजुरामा १ जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा गौमुल गाउँपालिका वडा नं. २ जुरेलीकी अन्दाजी ३५ वर्षीय जमुना रोकाया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लोकेन्द्र बहादुर विष्टले जानकारी दिए। 

घाँस काट्न गएकी जमुनाको भूकम्पसँगै माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको स्थानीय दीपेन्द्र रोकायाले बताए। 

त्यस्तै, गौमुलेमै भूकम्पपछि आएको पहिरोमा १ जना घाइते भएका छन्। घाइतेको परिचय खुल्न सकेको छैन। सोही पहिरोमा परी ४० भन्दा धेरै भेडा मरेका छन्। पहिरोमा परी स्थानीय रामदल बोहोराका भेडा मरेका हुन्।

मंगलबार (आज) दिउँसो २ः४३ ‍बजेको समयमा बाजुराको माली केन्द्रबिन्दु भई ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। 


सम्बन्धित सामग्री