Thursday, March 28, 2024

-->

बाजुरा भूकम्प : हिमाली गाउँपालिकामा घर भत्किए, क्षतिको विवरण आउन बाँकी

मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पमा परी हिमाली गाउँपालिकामा केही घर भत्किएका छन्।

बाजुरा भूकम्प  हिमाली गाउँपालिकामा घर भत्किए क्षतिको विवरण आउन बाँकी
तस्वीरः महेश कार्की/बाजुरा

काठमाडौँ- बाजुराको मेला केन्द्रबिन्दु भई गएको भूकम्पले हिमाली गाउँपालिकामा कही घरहरू भत्किएका छन्।

भूकम्पले गाउँपालिकाका वडा नं. २ र ३ मा केही घर भत्किएको तथा केही घर चर्किएको प्रारम्भिक जानकारी आएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले जानकारी दिए। उनले मानवीय क्षतिको विवरण भने हालसम्म नआएको बताए।  

त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिसकिएको र हिमाली गाउँपालिकामा भने नेपाली सेनाको टोली परिचालन भएको विष्टले बताए। 

मंगलबार (आज) दिउँसो २ः४३ ‍बजेको समयमा बाजुराको माली केन्द्रबिन्दु भई ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। 

 


सम्बन्धित सामग्री