Friday, March 29, 2024

-->

नेप्से परिसूचक १३.७१ अंकले घट्यो

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

नेप्से परिसूचक १३७१ अंकले घट्यो

काठमाडौँ- साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.९१‍ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६५ अंकले घटेको छ।

सोमबार कारोबारमा आएका २५७ कम्पनीको ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको सेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अंक बढेको छ। तर यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेमा गिरावट आए ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।


सम्बन्धित सामग्री