Thursday, March 28, 2024

-->

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ।

आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई सोबार पक्राउ गरेको हो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले चुडाल पक्राउ परेकोबारे जानकार दिए। 

उनले भने, “मैले पनि उहाँ पक्राउ परेको भन्ने थाहा पाएको छु, कुन कारणले पक्राउ पर्नुभएको हो, खुलेको छैन।”


सम्बन्धित सामग्री