Saturday, April 20, 2024

-->

यू–१९ विश्वकपको एशियाली छनोटका लागि टोली घोषणा

क्यानले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।

यू–१९ विश्वकपको एशियाली छनोटका लागि टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आइतबार ४ वैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो।

क्यानले छनोट गरेको टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दिपक बोहरा, गुल्सन झा र दीपक बोहरा छन्।

त्यस्तै, देव खनाल, उत्तम थापामगर, सुवास भण्डारी, दिपक डुम्रे, विशाल केसी, दिपेश कँडेल, मिलन बोहरा रहेका छन्।

क्यानले प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव गरी चार जनालाई वैकल्पिकमा राखेको छ। छनोट खेल फेब्रुअरीमा यूएईमा हुँदै छ।


सम्बन्धित सामग्री