Friday, March 29, 2024

-->

शारीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार

युवा तथा खेलकुद मन्त्रालयले खेलकुदमा सीप र रणनीति प्रयोग गर्न सक्ने तन्दुरुस्तीको स्तर पत्ता लगाई सोको प्रवर्द्धन गर्ने नीति ल्याएको छ।

शारीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय स्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ।

त्यसका लागि मन्त्रालयले राष्ट्रिय स्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती  परीक्षणसम्बन्धी  अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ। 

विज्ञ जनशक्ति भएको सरकारी निकायसँगको सहकार्यमा यस कार्यलाई फत्ते गर्ने कार्यक्रमको ढाँचा तय गरिएको मन्त्रालयले जनाएको छ। 

खेलकुद शारीरिक क्रियाकलापमा आधारित एक मनोरञ्जन, प्रतिस्पर्धा र कलात्मक विधा हो ।

मन्त्रालयले खेलकुदमा सीप र रणनीति मात्र नभई त्यसलाई प्रयोग गर्न सक्ने तन्दुरुस्तीको स्तर पत्ता लगाई सोको प्रवर्द्धन गर्ने नीति ल्याएको हो। 

खेल कौशल वृद्धि गर्ने हेतुले मन्त्रालयको चालु आव २०७९/८०  वार्षिक कार्यक्रममा राष्ट्रिय स्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण अनुसन्धान कार्यक्रम राखिएको छ।

मन्त्रालयले त्यससम्बन्धी अनुसन्धान गर्न मन्त्रालयको खेलकुद महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्यशर्त निर्माण तथा सिफारिस समिति गठन पनि गठन गरेको छ।

 


सम्बन्धित सामग्री