सम्मेलनमा देश तथा विदेशबाट समेत गरी ५०० भन्दा धेरै शिक्षाकर्मीहरूको सहभागिता रहनेछ।
काठमाडौँ– गुणस्तरीय शिक्षाको लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा रातो बंगला फाउन्डेसनले यही पुस ५ देखि ७ गतेसम्म उक्त सम्मेलन ललितपुरमा आयोजना गर्न लागेको हो।
सम्मेलनको मुख्य उद्देश्य शिक्षाको गुणस्तर विषयमा छलफल गरी शिक्षामा भएका कमी-कमजोरीहरूको निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु रहेको फाउन्डेसनका अध्यक्ष शान्ता दीक्षितले बताइन्।
ललितपुरस्थित पाटनढोकामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्, “नेपालको भावी शिक्षा प्रणालीलाई एउटा सकारात्मक मोड दिनु पनि सम्मेलनको लक्ष्य छ। शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।”
सम्मेलनमा देश तथा विदेशबाटसमेत गरी ५०० भन्दा धेरै शिक्षाकर्मीहरूको सहभागिता रहने फाउन्डेसनले जनाएको छ। सम्मेलन सम्पन्न भएपछि देशको ७ वटै प्रदेशमा यस्तै सम्मेलन आयोजना गर्ने फाउन्डेसनको योजना रहेको छ।
सम्मेलनमा शैक्षिक नेतृत्त्व र सुशासन, समावेशीकरण र सामाजिक भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्द्धन तथा पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाइबारे छलफल गरिने फाउन्डेसनले जनाएको छ।
सम्मेलनमा गुणस्तरीय शिक्षाका लागि छलफल, अनुभव साटफेरसमेत हुनेछ। शिक्षासम्बन्धी विभिन्न विषयका विज्ञहरू रहने छन्। अन्तर्राष्ट्रियस्तरका शिक्षा क्षेत्रमा योगदान पुयाउनु भएका विज्ञहरू पनि यस सम्मेलनमा आमन्त्रण आयोजक फाउन्डेसले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
