Friday, March 29, 2024

-->

प्रधानमन्त्री र गृहमन्त्रीबीच बालुवाटारमा भेटवार्ता, सुरक्षा व्यवस्था चुस्त बनाउनेबारे छलफल

गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारे संक्षिप्त योजना पेस गरेका छन्।

प्रधानमन्त्री र गृहमन्त्रीबीच बालुवाटारमा भेटवार्ता सुरक्षा व्यवस्था चुस्त बनाउनेबारे छलफल
तस्वीर : गृहमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारे संक्षिप्त योजना पेस गरेका थिए।

प्रधानमन्त्री दाहालले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत हुने गरी  कार्य अघि बढाउन गृहमन्त्रीलाई दिएका छन्। यस्तै उनीहरूबीच सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति तथा शक्ति बाँडफाँटबारे पनि भएको छ।

 


सम्बन्धित सामग्री