Wednesday, April 24, 2024

-->

कम्बाेडियामा मृत्यु भएका पाण्डेकाे शव नेपाल ल्याउने वातावरण मिलाउन प्रधानमन्त्रीकाे निर्देशन

कम्बोडियाको क्यासिनोमा आगो लाग्दा झापा बिर्तामोडका निराकार पाण्डेसहित १९ जनाको मृत्यु भएको छ।

कम्बाेडियामा मृत्यु भएका पाण्डेकाे शव नेपाल ल्याउने वातावरण मिलाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनोमा आगो लाग्दा झापाका निराकार पाण्डेसहित १९ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

आगलागीमा झापा बिर्तामोड-१ का पाण्डेसहित १९ जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री दाहालले पाण्डेकाे परिवारप्रति गहिरो समवेदना अर्पण गरेको उनेकाे सचिवालयले जनाएको छ। 

यसैबीच प्रधानमन्त्री दाहालले पाण्डेकाे शव नेपाल ल्याउन शीघ्र शहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न मुख्यसचिव शंकरदास वैरागीलाई  निर्देशनसमेत दिएका छन्।


सम्बन्धित सामग्री