Friday, April 26, 2024

-->

‘अन्तर्घात’ गर्नेलाई कारबाही सिफारिस गर्न कांग्रेसले थप्यो समय

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा ‘अन्तर्घात’ गर्नेलाई कारबाहीका लागि सिफारिस गर्न समय थप गरेको छ।

‘अन्तर्घात’ गर्नेलाई कारबाही सिफारिस गर्न कांग्रेसले थप्यो समय

काठमाडौँ- नेपाली कांग्रेसले चुनावमा ‘अन्तर्घात’ गर्नेहरूलाई कारबाहीका लागि सिफारिस गर्ने समय थपेको छ। 

कांग्रेस सचिव प्रेम केसीले एक विज्ञप्ति जारी गर्दै ‘अन्तर्घात’ गर्नेलाई कारबाही सिफारिसका लागि माघ १५ गतेसम्म समयावधि थपिएको बताए।

गत मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात भएको भन्दै पार्टीभित्र प्रश्न उठेपछि कांग्रेसले जिल्ला तथा प्रदेश अनुशासन समितिलाई कारबाही सिफारिस गर्न भनेको थियो। 

कांग्रेस अनुशासन समितिमा अन्तर्घातबारेका सिफारिस आउने क्रम जारी भएपनि केही कार्यसमितिहरूबाट अन्तर्घात गर्नेहरूका विवरण पठाउन समय थप गरिदिन माग भएअनुसार माघ १५ गतेसम्मका लागि म्याद थपिएको सचिव केसीले बताए।

विज्ञप्तिः
 

 


सम्बन्धित सामग्री