Saturday, April 20, 2024

-->

बुद्ध एयरका संस्थापक बस्नेतको निधन

बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९५ वर्षको उमेरमा निधन भएको छ। 

बुद्ध एयरका संस्थापक बस्नेतको निधन

काठमाडौँ– वायुसेवा कम्पनी बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ। ९५ वर्षीय बस्नेतको आइतबार बिहान काठमाडौँमा निधन भएको बुद्ध एयरले जनाएको छ।

भोजपुरको दिङ्लामा जन्मेका बस्नेत सर्वोच्च अदालतका पूर्वन्यायाधीश, निर्वाचन आयोगका प्रथम प्रमुख आयुक्त हुन्। विभिन्न कालखण्डमा पटक–पटक मन्त्री भएका बस्नेत प्रेस काउन्सिलको प्रथम अध्यक्षसमेत बनेका थिए।

उनले वनारस हिन्दु विश्वविद्यालयबाट एमए–एलएलबी गरेका थिए।


सम्बन्धित सामग्री