Saturday, April 20, 2024

-->

वीरगन्ज महानगरद्वारा ९ हजार स्थानीयको स्वास्थ्य परिक्षण

ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै वीरगन्ज महानगरले भदौयता घरमै गएर स्वास्थ्य परीक्षण गर्ने अभियान चलाइरहेको छ।

वीरगन्ज महानगरद्वारा ९ हजार स्थानीयको स्वास्थ्य परिक्षण

वीरगन्ज– वीरगञ्ज महानगरको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मा नौ हजार नागरिकले स्वास्थ्य परीक्षण गराएका छन्।

नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेर आवश्यक औषधिसमेत लिएका छन्। महानगरप्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र हालसम्म नौ वटा वडाका नागरिकलाई घरमै गएर यो सेवा प्रदान गरिएको बताए।

गाडीमै जडान गरिएको प्रयोगशालाबाट स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ। यसले ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ। “शिविरमा स्वास्थ्य जाँच गराएकालाई रिपोर्टका आधारमा ९८ प्रकारका औषधि त्यहीँ उपलब्ध गराउँदै आएका छौँ”, प्रमुख सिंहले भने।

अभियान वीरगन्ज–३० लालपर्साबाट भदौ २६ गते शुरू भएको थियो। अभियान निरन्तर रहेको महानगर स्वास्थ्य शाखाप्रमुख रितेश जयसवालले जानकारी दिए। 


सम्बन्धित सामग्री