Saturday, April 20, 2024

-->

शोभराजलाई फ्रान्स पठाउने प्रक्रिया शुरू

सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै चार्ल्स शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको छ।

शोभराजलाई फ्रान्स पठाउने प्रक्रिया शुरू 

काठमाडौँ– अध्यागमन विभागले १९ वर्षपछि जेलमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज स्वदेश फर्काउने प्रक्रिया थालेको छ।

कानूनी प्रक्रिया पूरा भएलगत्तै शोभराजलाई डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले बताए। “अहिले कारागारको पत्र अध्ययनका क्रममा छौँ। उनले आवश्यक कागजात जुटाई कानूनी प्रक्रिया पूरा गरे आजै पठाउँछौँ”, उनले उकालोसँग भने, “प्रक्रिया पूरा नहुन्जेल विभाग परिसरमै रहन्छन्।”

अध्यागमन कानुनअनुसार विभागले निर्णय लिने पाण्डेको भनाइ छ। सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्‍याइएको छ। उनलाई पुनः नेपाल आउन नपाउने गरी डिपोर्ट गर्ने तयारी छ। 


सम्बन्धित सामग्री