Saturday, April 20, 2024

-->

चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा, अध्यागमनको जिम्मा लगाइयो

१९ वर्षदेखि जेलमा रहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतको आदेश छ।

चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा अध्यागमनको जिम्मा लगाइयो
तस्वीर : अमित मचामसी

काठमाडौँ– फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्ष दुई महिना जेल बसेर रिहा भएका छन्। 

उनलाई केन्द्रीय कारागारले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ। अब विभागले उनलाई ‘डिपोर्ट’ गर्ने प्रक्रिया अघि बढाउनेछ। प्रक्रिया पुर्‍याएर जतिसक्दो चाँडो फ्रान्स पठाउने विभागले जनाएको छ। 

शोभराज दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई केन्द्रीय कारागारमा थिए। सर्वोच्च अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि शोभराज रिहा भएका हुन्।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाउन आदेश दिएको थियो।


सम्बन्धित सामग्री