Friday, April 26, 2024

-->

जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

जर्मनी फिफा विश्वकपबाट बाहिएको छ। समूह चरणको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकाले पनि समूहकै अर्काे खेलमा जापानले स्पेनलाई हराएपछि जर्मनी अभागी बनेको हो।

जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो

काठमाडौँ– जर्मनी फिफा विश्वकपबाट बाहिएको छ। समूह चरणको अन्तिम खेलमा कोस्टारिकामाथि जित निकाले पनि समूहकै अर्को खेलको नतिजाका कारण जर्मनी अभागी बनेको हो। 

दोहाको अल बायेट रंगशालामा कोष्टारिकामाथि ४–२ को जित निकालेको थियो। तर, अर्को खेलमा जापानले स्पेनलाई हराएपछि चारपल्टको च्याम्पियन राष्ट्रको विश्कप यात्रामा पूर्णविराम लागेको हो। सर्ज जिनेब्रीले ११औं मिनेटमै गोल गरेपछि पहिलो हाफमा जर्मनीले अग्रता लिएको थियो।

तर, दोस्रो हाफमा कोष्टारिका खेलमा फर्कियो। ५८औं मिनेटमा एलस्टिन टेजेडा र ७०औं मिनेटमा जुवान भार्गासले उसका लागि गोल गरेका थिए।

काइ हाभेट्जले ७३ र ८५औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। ८९औं मिनेटमा निक्लस फुल्कर्गले गोल गरेर जित दिलाएका थिए।


सम्बन्धित सामग्री