Saturday, April 20, 2024

-->

ट्युनिसियासँग हारेको फ्रान्स समूह विजेता

समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ।

ट्युनिसियासँग हारेको फ्रान्स समूह विजेता
तस्वीर : गेट्टी इमेज

काठमाडाैँ– साविक विजेता फ्रान्स कतार विश्वकपको नकआउट चरणमा पुगेको छ।

एजुकेशन सिटी स्टेडियममा बुधबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भए पनि समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो।

फ्रान्सले शुरूआती ११ मा मुख्य खेलाडीहरू किलियन एमबाप्पे,  एन्टोनी ग्रिजम्यान, औसमान डेम्बेले, एड्रियन राबियोलगायतलाई आराम दिएको थियो। बैकल्पिक खेलाडीका रूपमा एमबाप्पे, ग्रिजम्यान, डेम्बेले दोस्रो हाफमा मैदान छिरेका थिए। त्यसका बावजुद पनि फ्रान्सले गोल गर्न सकेन।

यता, ट्युनिसियाले भने लगातार दाबब सिर्जना गर्दै जित हात पार्‍यो। ट्युनिसियाका लागि कप्तान वाहबी खाज्रीले ५८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। इन्जुरी समयको अन्तिम मिनेटमा ग्रिजम्यानले गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड ठहर गर्‍याे।

समूह ‘सी’का सबै खेल सकिँदा फ्रान्स र अस्ट्रेलिया समान ६ अंकका साथ विजेता र उपविजेताका रूपमा अन्तिम १६ मा पुगेका छन्। ४ अंक जोडेको ट्युनिसिया र एक अंकका साथ पुछारमा रहेको डेनमार्क समूह चरणबाटै बाहिरिएका छन्। 


सम्बन्धित सामग्री