Friday, March 29, 2024

-->

कस्तो छ आजको मौसम?

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायतका केही भू-भागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम सफा रहने छ।

कस्तो छ आजको मौसम

काठमाडौँ– अहिले देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशलगायतका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहेको छ।

अन्य भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी  भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

विभागकाअनुसार राति बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।


सम्बन्धित सामग्री