Thursday, April 25, 2024

-->

विश्वकपमा बुधबार समूह चरणका ४ खेल

जारी फिफा विश्वकपमा बुधबार समूह चरणका चार खेल हुँदैछन्। यी खेलले समूह ‘सी’ र ‘डी’ बाट अन्तिम १६ मा पुग्ने २ टिमको टुंगो लाग्नेछ।

विश्वकपमा बुधबार समूह चरणका ४ खेल

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत बुधबार (आज) पनि समूह चरणका चार खेल हुँदैछन्।

जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई खेल हुनेछन्। पहिलो दुई खेलमा समूह ‘डी’मा रहेका ट्युनिसिया र फ्रान्स तथा अस्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट शुरू हुनेछ। यी खेलले समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुंगो लागाउने छ। यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।

दोस्रो दुई खेलमा समूह ’सी’ मा रहेका अर्जेन्टिना र पोल्यान्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछन्।

यी खेलले समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगो लाग्नेछ।


सम्बन्धित सामग्री