Friday, March 29, 2024

-->

इयूले रूसको रोक्का सम्पत्ति जफत गरेर युक्रेनलाई दिने

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले रूसको रोक्का सम्पत्ति जफत गर्दा प्राप्त हुने रकम युक्रेनमा भएको क्षतिको पूर्तिका लागि पठाइने बताइन्।

इयूले रूसको रोक्का सम्पत्ति जफत गरेर युक्रेनलाई दिने

युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको पूर्ति गर्न रोक्का रूसी सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको पूर्तिका लागि पठाइने बताइन्।

उनले भनिन्, “हामीले रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरेका छौँ। साथै, रुसी कुलिन वर्गका सम्पत्ति जफत गरेका छौँ।”

अन्तर्राष्ट्रिय बजारमा बुधबार १ यूरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ। उनका अनुसार छोटो अवधिमा, युरोपेली संघ (ईयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्छन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्छन्। 

उनले थपिन्, “हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ र सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ।”

उनका अनुसार ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ। यसले रूसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्ने छ।


सम्बन्धित सामग्री