Wednesday, April 24, 2024

-->

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

राजापुरस्थित खाद्य व्यवस्था व्यापार कम्पनिले धान खरिद नर्गदा किसान समस्यामा परेका छन्।

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या
फाक्षल फाेटाे

बर्दिया– राजापुरस्थित खाद्य व्यवस्था व्यापार कम्पनिले धान खरिद नर्गदा किसान समस्यामा परेका छन्।

हिउँदेबाली छर्न मल र बीउको जोहो गर्ने बेला सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको किसानको भनाइ छ। गेरुवा गाउँपालिका– ४ गिदरपुरकी भूमिसरा चलाउनेलाई हिउँदे बाली लगाउन भ्याइनभ्याइ छ।

तर, सस्तोमा धान बेचेर मल र बीउ किन्नुपरेको उनले बताइन्। सरकारले धानको समर्थन मूल्य निर्धारण गरेपनि बजेट नआएको कम्पनी राजापुर केन्द्र प्रमुख धर्मराज पन्तले बताए। “यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ। माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउन छौँ”,  पन्तले भने।

बर्दियामा यसवर्ष ५० हजार २५० हेक्टर जमिनमा धान खेती गरिएको छ। विगतका वर्ष भन्दा यसवर्ष धानको उत्पादन बढ्ने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरियाले जनाएको छ। राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पश्चिम नेपालमा धेरै धान उत्पादन हुनेमा पर्छन्।
 


सम्बन्धित सामग्री