Wednesday, April 24, 2024

-->

नेप्से ३२.४३ अंकले बढ्यो, २ अर्ब २ करोडको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिचसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३२.४३ अंकले नेप्से बढ्यो भने २ अर्ब २ करोडको सेयर किनबेच भयो।

नेप्से ३२४३ अंकले बढ्यो २ अर्ब २ करोडको कारोबार

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इन्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१६ अंक बढेको छ।

आइतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता सेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँबराबरको किनबेच भएको छ। आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको सेयर कारोबार भएकोमा आइतबार २ अर्बमाथि भएको हो। 

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ। वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ।

आइतबार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको सेयरमूल्य ८.२१ प्रतिशत बढेको छ। त्यस्तै, जीवन विकास लघुवित्तको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। आइतबार हिमालयन डिष्टिलरी कम्पनीको ४५ करोड ४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।


सम्बन्धित सामग्री